पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते तीनकुनेमा भएको जनधनको क्षतिबाट दुःखी भएको बताएका छन्।Former King Gyanendra Shah has expressed his sorrow over the loss of life and property in Tinkune on Chaitra 15.

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते तीनकुनेमा भएको जनधनको क्षतिबाट दुःखी भएको बताएका छन्।

आइतबार नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश जारी गर्दै उनले उक्त घटनामा भएको मानवीय तथा भौतिक क्षतिबाट दुःखी भएको बताएका हुन्।

‘केही दिनअघि भएको जनप्रदर्शनमा हिंसा, आगजनी भयो त्यसबाट मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो’, शाहले शुभकामना सन्देश दिँदै भनेका छन्।

शाहले नागरिक स्वतन्त्रताभन्दा ठूलो वाद नहुने पनि बताएका छन्। ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो वाद हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो–नराम्रो जनगुनासो वा राम्रो सुन्ने परम्परा र संस्कार हुन्छ।’



Read more: 

सहकारी घोटाला प्रकरणमा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पक्राउ परेका छन्


ट्विटरको प्रतिष्ठित नीलो चरा लोगो ३५,००० डलरमा बिक्री


आज दिनभरि के के भयो? तिंकुने प्रदर्शन


काठमाडौंमा राजसंस्था पक्षधरको प्रदर्शनमा हिंसा के के भयो?


काठमाडौँ महानगरपालिकाले (KMC) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुनेमा भएको प्रदर्शनमा सरकारी सम्पत्तिको तोडफोडका लागि ७ लाख ९३ हजार रुपैयाँ जरिवाना लगाएको छ ।


Post a Comment

0 Comments