भुक्तानी सेवा प्रदायक ई- सेवाबाट सन सेक्युरिटिज प्राइभेट लिमिटेडमार्फत् हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।
यसका साथै सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि ई-सेवा मार्फत् गर्न सकिने छ।
अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हालै ई-सेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरि तथा ट्रेडिङ्ग अफिसर बिशाल रिजालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। हाल ई-सेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत् करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।
0 Comments