अस्ट्रेलियाले पाकिस्तानलाई दियाे ३ सय ६८ रनकाे लक्ष्य, वार्नर र मार्शकाे सानदार शतक
आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पाकिस्तानलाई ३ सय ६८ रनकाे लक्ष्य दिएकाे छ ।
बेङ्गलुरुकाे चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६७ रन बनायाे । अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल मार्शले सानदार शतक बनाए । वार्नर १ सय ६३ र मार्श १ सय २१ रन बनाएर आउट भए । यी दुईले पहिलाे विकेटका लागि २ सय ५९ रनकाे साझेदारी गरे । बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदीले ५ र हरिस रउफले ३ विकेट लिए ।
पाकिस्तान ३ खेलमा २ मा जित्दै ४ अङ्कका साथ तालिकाकाे चाैथाे स्थानमा छ । अस्ट्रेलिया उति नै खेलमा १ खेल जित्दै २ अङ्कका साथ छैटाैँ स्थानमा छ ।
0 Comments