चिडियाखानामा शटल बसको व्यवस्था गर्दै ललितपुर महानगरपालिका


 ललितपुर – ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि शटल बस राख्ने बताउनुभएको छ । आज शुक्रवार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा मेयर शाहले यस्ताे बताउनुभएको हो ।

उहाँले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघरभन्दा बाहिर नजिकमा हुने कन्सर्टहरू बन्द गराएको बताउनुभयो । कन्सर्टहरू बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तु आरामसाथ निदाउन पाएको उहाँकाे भनाइ छ । महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै मेयर महर्जनले ललितपुर महानगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस पटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउनका लागि एउटा शटल बसको व्यवस्थापन गर्न गइरहेका छौँ । जावलाखेलको चिडियाघरभन्दा बाहिर ठूलो कन्सर्टहरू हुन्थ्यो, मध्यरातसम्म, बाघ–भालुलाई सुत्नै डिस्टर्ब हुने गरी । म मेयर भइसकेपछि त्यो बन्द गरिदिएँ । अहिले बाघ भालु आनन्दसँगले सुतिरहेका छन् ।’

मेयर महर्जनले ललितपुर महानगरलाई आउँदाे दुई वर्षभित्र नमुनास्तरको बनाउने बताउनुभयो ।

Post a Comment

0 Comments