सेयर बजारका चार संघले सहमति गर्दै नेपाल धितोपत्र लगानीकर्ता महासंघ घोषणा
सेयर बजारका चार संघ संस्थाले असोज २६ गते बैठक गरेर नेपाल धितोपत्र लगानीकर्ता महासंघ घोषणा गरेका छन्। सेयर लगानीकर्ताहरुको साझा माग र हकहितको प्रतिनिधित्व गर्दै साझा र एकीकृत शक्ति निर्माण गर्न भन्दै दर्ता भएका चार संघ (नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पूंजी बजार सुधार संघ र नेपाल जनरल ईन्भेटरर्स एशोसियसन)ले नेपाल धितोपत्र लगानीकर्ता महासंघ घोषणा गरेका हुन्।
संघले आफ्नो लक्ष्य र कार्यदिशा पनि तय गरेको छ। संघहरुले अब पूँजी बजारका सबै समस्याको समाधान र सम्बन्धी कुराहरु महासंघ मार्फत मागहरु एकिकृत रुपमा अगाडी बढाउने भएको छ। पूंजी बजार र लगानीकर्ता संग सम्वन्धित भई वैधानिक रुपमा दर्ता भएका संघ संगठनलाई यस महासंघमा समेटने भएको छ। सहमितमा महासंघमा आवद्ध हुने सबै संघ संगठनका अध्यक्षले महासंघका अध्यक्षता पालैपालो गर्ने तय गरेका छन्।
0 Comments