NIC Asia एनआइसी एसिया क्यापिटलद्वारा संचालित २ म्युचुअल फन्डले आर्थिक वर्ष २०७९/८० का लागि नगद प्रतिफल घोषणा गरेका छन् ।


 एनआइसी एसिया क्यापिटलद्वारा संचालित २ म्युचुअल फन्डले आर्थिक वर्ष २०७९/८० का लागि नगद प्रतिफल घोषणा गरेका छन् ।




क्यापिटलका अनुसार एनआइसी एसिया ग्रोथ फन्डले इकाईधनीहरुलाई करसहित १०.५ प्रतिशत नगद प्रतिफल घोषणा गरेको हो भने एनआइसी एसिया ब्यालेन्स्ड फन्डले करसहित १० प्रतिशत नगद प्रतिफल घोषणा गरेको हो । ग्रोथ फन्डले आठ करोड ७६ लाख ९६ हजार र ब्यालेन्स्ड फन्डले सात करोड ५५ लाख रुपैयाँ नगद लाभांशका रुपमा बाँड्न लागेका हुन् ।

लाभांश प्रयोजनका लागि बुकक्लोज मिति भने तय गरिएको छैन । एनआइसी एसिया ग्रोथ फन्डको अघिल्लो दिनको अन्तिम कारोबार मूल्य १०.२९ रुपैयाँ र एनआइसी एसिया ब्यालेन्स्ड फन्डको अघिल्लो दिनको अन्तिम कारोबार मूल्य ९.२० रुपैयाँ रहेको छ ।

Post a Comment

0 Comments