ईजरायलमा निधन भएका १० जना मध्ये नेपाली दुतावासले ५ जनाको शव प्राप्त गरेको र बाँकी ५ जनाको शव प्राप्त हुने क्रममा

 ईजरायलमा निधन भएका १० जना मध्ये नेपाली दुतावासले ५ जनाको शव प्राप्त गरेको र बाँकी ५ जनाको शव प्राप्त हुने क्रममा रहेको जानकारी ईजरायल अवस्थित नेपाली राजदूतावासले जनाएको छ। विपिनको खोजी भने जारी छ।



 काठमाडौँ – इजरायलमा प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीमध्ये ५ जनाको शव भेटिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।


दूतावासले आइतबार विज्ञप्ति जारी गर्दै नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको जानकारी दिएको छ।

ज्यान गुमाएका अन्यको पनि शव प्राप्त हुने क्रममा रहेको दूतावासको भनाइ छ। साथै प्राप्त भएका शव ढिलो नगरी नेपाल पठाउन आश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार हमासको आक्रमणको क्रममा वेपत्ता रहेका विपिन जोशीको खोजी जारी छ। आक्रमणमा घाइते भएका ४ जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका, जसमध्ये एक जना नेपाल पुगिसकेको र एक जना दूतावासको हेरचाहमा छन्। दुई जनाको भने अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।

Post a Comment

0 Comments