जब विश्वकपमा इन्डियन कमेन्टेटरले माउन्ट एभरेस्ट इन्डियामा पर्छ भने...


 भारतमा जारी क्रिकेट विश्वकपमा एक कमेन्टेटरले माउन्ट एभरेस्ट अर्थात सगरमाथामा भारतमा पर्ने बताएका छन् ।




आज श्रीलंका र नेदरल्यान्डबीच भइरहेको खेलमा सञ्जय मान्जरेकर नाम गरेका ती भारतीग कमेन्टेटरले सगरमाथा भारतमा पर्ने टिप्पणी गरेका हुन् । उनले कमेन्ट्रीका बखत भनेका छन्, "India has the highest peak in the world, Mount Everest, so it can go lot higher than Dharamshala."

धर्मशाला रंगशाला भारतको उचाईमा रहेको रंगशाला हो । त्यसै सन्दर्भमा उनले अझै माथिसम्म पनि भारतीय रंगशाला हुनसक्ने आशयको अभिव्यक्ति दिएका हुन् । उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाली खेलप्रेमी आक्रोशित भएका छन् ।

Post a Comment

1 Comments

  1. Mt Everest lies on Nepal #Sagramtha Nepal ko ho

    ReplyDelete