रोनाल्डो जुनियर पनि अल नासरबाट खेल्ने
चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोका छोरा रोनाल्डो जुनियरले साउदी प्रो लिग क्लब अल नासरको यू-१३ टिमबाट खेल्ने भएका छन् ।
रोनाल्डो पुत्र रोनाल्डो जुनियरले अल नासरसँग सम्झौता गरेका छन् झसमा उनी अल नासरमा आफ्नो प्रशिक्षण शुरु गर्ने छन् ।
अल नासरको यू(१३ टिममा रोनाल्डो जुनियरले ७ नम्बरको जर्सी लगाउने छन् ।क्रिस्टियानो रोनाल्डोले केहि बर्षअघि आफ्ना छोराको बारेमा कुरा गर्दै उनको छोराले आफुलाई केहि बर्ष अझै खेलिरहनु म पनि सँगै खेल्छु भनेको बताएका थिए । २०१० को जुन १७ मा जन्मिएका रोनाल्डो जुनियरले यसअघि पनि बुबा रोनाल्डो खेलेकै क्लबहरुको जुनियर टिमबाट खेलिसकेका थिए।
0 Comments