गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनमा भाँडभैलो


 काठमाडौं । गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनमा भाँडभैलो भएको छ । निर्वाचनमा प्रणाली ह्याक गरेर डा.बद्री केसी निर्वाचित भएको घोषणा भएपछि भाँडभैलो भएको हो ।

केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जा गरेर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् । महासचिवका एक उम्मेदवारको  काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । 

निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।

Post a Comment

0 Comments