नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम

 


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० र चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । छापावाल र तेजाबी सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

भाउ बढ्ने क्रममा हिजो (बिहीबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा शुक्रबार प्रतितोला छापावाल र तेजाबी सुनको मूल्य १ हजार ८०० र चादीको मूल्य ५ रुपैयाँले बढेको हो ।

Post a Comment

0 Comments