हङकङविरुद्ध नेपालको खराब प्रदर्शन, गुम्यो चौथो विकेट

हङकङविरुद्ध नेपालको खराब प्रदर्शन, गुम्यो चौथो विकेट



 ४ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृखलामा हङकङविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको छ ।

नेपालको सुरुवात नै राम्रो हुन सकेन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल २ रनमै आउट भए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि ८ रनमा आउट भए ।

त्यसपछि नेपालले आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाएको छ ।

अहिले क्रिजमा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी छन् ।

Post a Comment

0 Comments