काठमाडौँ-धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका नारायण बास्कोटाका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा ६ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पको महसुस काठमाडौँमा पनि गरिएको थियो। दसैंको रमझममा रहेका काठमाडौँ उपत्यका लगायत धादिङ आसपासका स्थानीयले यसले महसुस गरेका थिए।
भूकम्प गएपछि मानिसहरू घर बाहिर निस्केका थिए । मानिसहरू त्रसित भएर सडकमा निस्किएका थिए।

0 Comments